भ्रामरी प्राणायाम (Humming bee breath)

भ्रामरी प्राणायाम (Humming bee breath)

  • Post author:
  • Post category:blog

भ्रामरी प्राणायाम (Humming bee breath)

Bhamri Pranayam (Huming bee breath) भ्रामरी प्राणायाम yogi Rajan

भ्रामरी अर्थात भमरा जस्लाइ अंग्रेजीमा Bumblebee भनिन्छ । यो भमराले एक प्रकारको ॐ को ध्वनी उत्पन्न गर्दछ ॐ मा तिनवटा साउण्ड वा ध्वनी हुन्छ अ, उ र म जब हामी म को उच्चारण मुख बन्द गरेर गर्दछौ तब हुँ को ध्वनी उत्पन्न हुन्छ । यस ध्वनीमा ज्यादै कम्पन हुने गर्दछ । भ्रामरी प्राणायाममा हामी यहि भमराको जस्तै ध्वनी उत्पन्न गर्दछौ ।  जब भ्रामरी वा ॐ को ध्वनी उच्चारण गरिन्छ तब हाम्रो शरिरको शिर, छाती तथा पेटमा कम्पन उत्पन्न हुन्छ । पतन्जली योगको ८ वटा अंग मध्य चारौ अंगमा पर्ने प्राणायाममा यस भ्रामरी पनी पर्दछ । यो भ्रामरी प्राणायामले हाम्रो मन तथा मस्तिस्कलाइ कम्पन गराइ त्यहाँ भएका चिन्ता, तनाव, डिप्रेसन, मेमेरी लस्ट आदि समस्याहरूको निराकरण गर्दछ ।

तरिका

भ्रामरी प्राणायाम हामी जुनसुकै समयमा पनी गर्न सक्दछौ । विशेषत हामीले विहान ब्रम्ह मूर्तको समयमा र वेलुका आकाश रातो रंगको शुर्यास्त हुने समयमा गर्नु पर्दछ । भ्रामरी प्राणायाम हामी विशेषत योग आसन सकेपटी शरिरलाइ शान्त भएपछी वा योग अभ्यासको पहिला पनी गर्न सकिन्छ । जब हामी शारिरक तथा मानशिक चिन्तामा पर्दछौ त्यस बखतमा भ्रामरी प्राणायाम गर्न सक्छौ । यो प्राणायामको लागी कुनै स्थान वा आसको जरूरत पनी पर्दैन । तै पनी दैनिक अभ्यास गर्नेले भने एउटा शान्त खुल्ला स्थानको चयन गर्नु पर्छ । तर हामी जब कुनैपनी प्राणायामको अभ्यास गर्दा हाम्रो शरिरको मेरूदण्ड भने सधै शिधा रहनु जरूरी हुन्छ । कुनै आसनमा बस्नुहोस् र दुबै हातलाइ चित्रमा देखाए बमोजिम चोर औलालाइ आँखी भौं मा राख्ने अब, माझि र साइली औला लाइ दुबै आँखाको माथिबाट हल्का संग राख्ने जस्ले आँखामा अध्यारो होस् । अब कान्छी औलाले आखाको थोरै मुनि चस्मा अगाउने हड्डीको छेउमा छुवाउने । अब बाँकी रहेको बुढि औलाले कानको वाहिर बाट पुरै थुन्ने ताकी बाहिरको आवाज भित्र नजाओस् । यसरी औलाहरूले क्रमश आखा र कानलाइ बन्द गर्दा हाम्रो मश्तिश्क युनीभर्स जस्तो कालो र शान्त हुन्छ । यसको मतलब बाहिरी तनाव वा बाहिरी सम्पर्कबाट टाढा एकान्तमा पुग्नु जस्तै हो ।

यस प्रकारले मेरूदण्डलाइ शिधा राखेर आँखा र कान बन्द गरेपछी अब विस्तारै मुखको सहयताले भमराको जस्तो ध्वनी निकाल्नु पर्दछ । लामो स्वास नाकबाट लिने अब, विस्तारै मुख बन्द गरी भमराको आवाजमा स्वासलाइ नाककै माध्यमबाट बाहिर आफै जान्छ । यो प्रकृया लगभग १० मिनेट देखी १५ मिनेट सम्म गर्दा हामी पूर्ण रूपमा अर्कै संसारमा पुगेको महशुस गर्दछौ । यो एकदमै शक्तीशाली विधि हो । शूरू शुरूमा प्रयास गर्नेहरूले कमसेकम २० वा ३० पटक गर्न सक्दछ तर यस्मा लामो स्वास लिने र छोड्दा भमराको आवाजमा वाहिर निकान्नु पर्दछ ।

यस प्रकृयालाइ अझ प्रभावकारी बनाउने हो भने हामी दुबै दाँतलाइ एका आपसमा विस्तारै छुवाउने तर दवाव भने दाँतमा दिनु हुँदैन । अब, जिव्रो लाइ तालुमा विस्तारै छुवाउने । जब भमराको आवाज निस्कन्छ तब हाम्रो पुरै शिर, घाँटी, छाती तथा पेटमा कम्पन हुन्छ तव दुबै दाँतहरूपनी एक अर्कामा कम्पन हुन थाल्दछ । यसरी दुबै दाँत पनी कम्पन हुँदा अझ बढि शिरमा कम्पन हुन थाल्दछ । भमराको जस्तै ध्वनी निकाल्दा भने शूरूमा विस्तारै, विचमा तिब्र र अन्तमा फेरी विस्तारै गरी गर्दा अझ बढि प्रभावकारी हुन्छ ।

फाइदाहरू

भ्रामरी प्राणायामले मुख्यतया तिनैवटा क्षेत्र समेट्दछ । पहिलो शिर दोश्रो घाँटी तथा छाती र तेश्रो हाम्रो पेट यसको मतलब हाम्रो शरिरको सबै सिस्टमलाइ चलायमान गराउँन भ्रामरी प्राणायाम एक उत्तम उपाय हो । यस प्राणायामले मुख्य हाम्रो दिमागमा असर गर्दछ । यस प्राणायामले चिन्त, तनाव, डिप्रेसन, इन्जाइटि, निद्रा नलाग्ने, एकाग्रता नहुने, पिर चिन्ता, मेमोरी लष्ट आदि समस्याहरूमा ज्यादै फाइदा पुग्दछ । शरिरमा भएका विकारहरूलाइ हटाउने काम गर्दछ । नयाँ सेलहरूको निर्माणमा पनी यो प्राणायामले फाइदा पुग्दछ । मस्तिष्कमा कुनैपनी अवरोधहरू भएर या अन्य छेकवारहरूलाइ कम्पनको कारण त्यस्ता नसाहरूलाइ खोल्ने काम गर्दछ । हामी शरिरहरूको लागि व्यायाम, योग गर्ने गर्दछौ भने भ्रामरी एक प्रकारको दिमागको व्यायाम भनेर पनी चिनिन्छ । यस प्राणायामले हाम्रो घाँटीमा रहेका थाइराइड, प्याराथाइराइड तथा अन्य ग्रन्थिहरूलाइ फाइदा पुग्दछ भने छाती मुटु, फोक्सो सबैमा कम्पन उत्पन्न गराइ उक्त क्षेत्रहरूमा भएका अवरोधहरूलाइ समेत यसले फाइदा पुग्दछ । दैनिक अभ्यासले हाम्रो पेटमा समेत असर पार्ने हुँदा उक्त क्षेत्रहरूमा समेत व्यायाम पुराउँदछ । यस प्राणायामले हाम्रो शरिरमा इम्युन सिष्टमलाइ पनी बढाउन मद्दत गर्दछ । दैनिक अभ्यासले निद्रा लागाउने, उच्च रक्तचापका रोगीहरूलाइ फाइदा दिने, भ्रामरी प्राणायामले पाइनल र पिट्युटरी ग्रन्थिहरूलाई फाइदाजनक हुन्छ साथै रिस धेरै उठ्ने र रिस सान्त नहुने जस्ता समस्याहरूमा समेत यसले फाइदा पुग्दछ । थकान मेटाउन समेत यस प्राणायाम ज्यादै उपयोगी मानिन्छ ।

सावधानी

यो प्राणायाम गर्दा शुरू शुरूमा शरिरमा धेरै पसिना आउन सक्दछ । यदि यो प्राणायाम गर्दा कुनै व्यक्तीहरू रूने वा कराउने समेत हुन सक्दछ यो नर्मल हो तर कसैलाइ चक्कर आउन सक्छ त्यस्तो हुन लागेमा यो रोक्नु पर्दछ तर जवरजस्ती भने धेरै गरेर छिटो फाइदा लिने कोसिष गर्नु भने हुँदैन । कसै कसैलाइ मुख भित्र चिलाएको वा गुदगुदी भएको महशुस पनी हुन सक्छ वा कोहि कोहिलाइ हाच्छीउँ पनी आउँन सक्दछ । यस्तो भएमा विचैमा रोक्नु पर्दछ र पुन शुरू गर्नु पर्दछ । जुन शुकै प्राणायाम वा अन्य केहि साधनाहरू शुरूमा विस्तारै मा छोटो समय गर्नु पर्दछ र विस्तारै विस्तारै दिन प्रतिदिन समय थप्दै जानु पर्दछ ।