योग तथा ध्यानका लागि नेपाल किन महत्वपूर्ण छ ?

  • Post author:
  • Post published:February 2, 2021
  • Post category:Blog
Flag of Nepal

नेपालको इतिहाँस हेर्दा नेपाल शव्द एक एक पवित्र भूमी भन्ने हुन्छ । यहाँ ने नामका एक ऋषिले सबैको पालन गरेकाले पनी नेपाल भन्ने हुन गएको हो । यो देश साउथ एसियाको सबै भन्दा पुरानो देश पनी हो । यो देश मात्र ऋषिमुनीहरूको तपोभूमी भनेर चिनिन्छ । बेद व्यास र बालमिकी ऋषिमुनी यसै देशमा आएको मानिन्छ । बेद हिन्दुहरूको सबैभन्दा पुरानो कृति जुन बेद व्यासले लेखेका थिए भने बाल्मिकी ऋषि जस्ले रामायणको लेखन गरेका थिए । राजा जनक र उनको पुत्री सिताको जन्म स्थल पनी नेपालकै जनकपुरमा भएको थियो । नेपाल अहिले सम्म कसैको गुलामी नबनेको स्वतन्त्र देश हो । सानो देश भएपनी नेपालमा ८० भन्दा बढि जातिहरू रहेका छन् भने १२३ भाषाहरू बोलिने गरिन्छ । यति धेरै जात जाती र धर्म संस्कृति भएको सानो देश भएतापनी यस देशमा कहिल्यै जात जाती र धर्मको लागि कहिल्यै झगडा भएन । यो देश शान्तिको प्रतिक मानिन्छ । विश्वका १० उच्च हिमालहरू मध्य ८ वटा नेपालमा पर्दछ । यहाँ ऋषिमुनीहरूले ध्यान गर्ने साधना गर्ने एक उपयुक्त देशको रूपमा चिनिन्छ । नेपालमा हिन्दु र बुद्ष्टहरू दुबै एक मन्दिरमा पुजा गर्ने गर्दछन् । हिन्दु शाश्त्रमा वुद्द भगवान विश्नुको दशौ अवतार मानिन्छ । भगवान गौतम बुद्दको जम्म स्थान भएर पनी यस देशमा ध्यान र योगको एक उत्कृष्ट देश हो । भगवान गोरखनाथ र उनका गुरू मच्छिन्द्रनाथको पनी भूमी नेपालनै हो । यस देशमा हिन्दुहरूको प्रमुख देबता महादेबको मन्दिर पशुपतीनाथ जुन विश्वकै पहिलो र महत्वपूर्ण मन्दिर नेपालको काठमाण्डौमा पर्दछ । नेपालको राजधानी काठमाण्डौमा हरेक पाहिलामा मन्दिर नै मन्दिर रहेको छ । यहाँ केहि बर्ष अगाडी व्यक्तिहरूको घर भन्दा मन्दिर नै बढि रहेको थियो । जस्मा वल्ड हेरिटेजको सुचिमा सबै भन्दा बढि घनत्व (डेनसिटी) रहेको छ । काठमाण्डौको वरिपरी १५ किमी वरपर मात्र ७०० वल्ड हेरिटेज कल्चरल साइट रहेको छ । दुनियामा एकमात्र देश नेपाल हो जहाँ जिवित देवता पाइन्छ जस्लाइ कुमारी भनिन्छ । नेपाल बायोडाइभरसिटीमा एक उत्कृष्ट देश हो । जैविक विविधताले भरिएको उच्च हिमाली भाग, पहाड र तराइ समथर फाँटहरू रहेको भूमि जहाँ योग तथा ध्यानका लागि एक अति महत्वपूर्ण स्थान हो । सधै हाँसिरहने र अतिथिदेबोभब भन्ने मन्त्रलाइ सबै नेपालीहरूले बुझेको पाइन्छ ।

Hindu Lord Hanuman

यो देशमा योग तथा ध्यानको उत्पती भएको विभिन्न ग्रन्थहरूमा पाइन्छ । यो देश भारत र चिनको सिमानामा रहेको छ । नेपालको तराइ भूभाग गर्मी र उच्च हिमाली भाग ज्यादै चिसो हुने हुँदा विचको भाग न जाडो न त गर्मी नै रहेको छ । छोटो दुरीमा नेपालको भूभाग तराइ हुदै पहाड र हिमाल पर्ने भएकोले पनी यहाँ प्रत्येक सय मिटरमा वातावरण फरक फरक हुने गर्दछ तशर्थ पनी नेपालमा विश्वमै नपाइने बनस्पती तथा जनावर चराचुरूङगीहरू पाइन्छन् । यो देश सफा शान्त र हरियालीले भरिएको देश हो । विश्वको दोश्रो ठूलो जलश्रोतको धनी देश भएपनी यहाँको बन जंगल तथा जडिबुटीहरू साथै विभिन्न किसिमका पथ्थरहरू यसै देशमा पाइन्छ ।

नेपालमा नेपाली, संस्कृत, बौद्द लगायत अन्य १२३ भाषाहरू बोलिने गरिन्छ भने कुनैपनी पुजापाठ वा विवाह मृत्यु आदि कार्यमा संस्कृत भाषा अनिवर्य रहेको छ ।

नेपाल संस्कृत भाषाको सबैभन्दा ठूलो व्याकरणविद् (देव व्यास) को सबैभन्दा ठूलो व्याकरण विद्वान, पाणिनीको ध्यान स्थल थियो, जुन पृथ्वीमा सब भन्दा पुरानो भाषा हो ।

 योग तथा ध्यान शव्दहरू लगभग सबै नेपालीहरूले प्रयोग गर्ने गर्दछन् । ध्यान तथा पुजा पाठ तथा योग एक जिवन संग जोडिएको विषय जस्तै हो । नेपाल विश्वको एकमात्र यस्तो देश हो जहाँ पुगेमात्र ध्यानी र योगी बन्न सक्दछ । यहाँको हावापानी तथा हरेक नेपालीहरूले जो कोहिको पनी ध्यान खिच्न सक्ने र उनिहरूलाइ खुसी पार्न सक्ने भएकोले पनी गरिव मुलुक भएपनी सुखी र खुसी भएको देश भनी धेरै रिसर्चहरू भएको पाइन्छ । भगवान बुद्दको मार्गमा हिड्ने नेपालीहरू सधै शान्तिको प्रतिक भएर विश्वलाइ नै शान्तिको देश भनेर चिनाइरहेको छ । आज पनी हरेक देशमा रहेका नेपालीहरू भन्ने वित्तिकै सबैले आदर र प्रेम देखाउने र सोझो तथा इमान्दार को प्रतिक नेपाली जातीको नाम रहन सफल भएको छ । तपाइहरूलाइ यस पुन्य भूमिमा हार्दिक स्वागत गर्दछौ ।

योगी राजन

योग पाठशाला, नेपाल