Yogic breath यौगिक ब्रेथ

  • Post author:
  • Post published:July 6, 2021
  • Post category:Blog

मानिसको जिवनमा भोजन, जल भन्दा पनी महत्वपूर्ण कुरा भनेको हामिले लिने स्वास हो । एउटा व्यक्तीले पूर्ण रूपमा ध्यान साधनामा बसेमा करिब ४० दिनसम्म विना भोजन बाँच्न सक्दछ । त्यस्तै १० दिन सम्म विना पानी पनी बाच्न सक्दछ भने स्वास ? हो स्वास एक ज्यादै महत्वपूर्ण हुन्छ एउटा जिवित जिवलाइ बाँच्नका लागि । हामी चेतनशिल प्राणी सधै हाम्रो स्वस्थ्यका लागि सधै ध्यान दिने गर्दछौ । भोजन बासी नखाने, पानी सधै फिल्टरको पिउँने जस्ता कार्य गर्ने गर्दछौ भने हावा हामिले कस्तो लिइरहेका छौ ? हामिले यसबारे कहिल्यै सोचेनौ । आज विश्वनै स्वासवाट सर्ने र मानव स्वास्थ्यलाइ असर गर्ने भाइरसहरूबाट आक्रान्त छ । यस्तो महत्वपूर्ण विषयमा भने हामी सबैले चासो दिनु जरूरी छ ।

हामीले सुनिएको कुरा भनेको कुनैपनी योगीको यु धरै लामो हुन्छ । यो किन हुन्छ ? सबैको यु उसले फेर्ने स्वास संग सम्बन्धित हुन्छ । जो छिटो स्वास फेर्दछ उसको युपनी छोटो हुने गर्दछ । उदाहरणको लागी जलचर प्राणी ह्वेल, कछुवा जस्को यु करिब ४०० बर्ष सम्मको हुन्छ भने मुसा तथा खरायो जस्तो जनावरहरू छोटो जिवन जिउँदछन् । यदि हामिले माथी उल्लेखित जनावरहरूको स्वास प्रस्वासलाइ हेर्ने हो भने कछुवा तथा व्हेल हरूले धेरै वेर स्वास रोकेर थोरैमात्र स्वास लिने गर्दछन् त्यसैगरी मुसा, खरायो जस्ता जनावरहरू ज्यादै छिटो छिटो स्वास लिने गर्दछन् ।

योगीपनी उसको स्वासलाइ कन्ट्रोल गरि लिने गर्दछन् उनिहरू प्राणायामको नियमित अभ्यास गर्ने र फुलाइ स्वस्थ बनाउने गर्दछन् । योगिक ब्रेथ को अर्थ योगीले कसरी स्वास प्रस्वास लिन्छ भन्ने बुझिन्छ । योगीले जहिले पनी फ्नो छाति तथा पेट दुबैलाइ सन्तुलन गराइ स्वास लिने गर्दछन् । यस प्राणायाममा हामी यसै योगीक ब्रेथको बारेमा बुझ्ने छौ । हामिले सधै हाम्रो छाती तथा पेटको भागबाट स्वास प्रश्वास गरिरहेको हुन्छौ । एक स्वस्थ व्यक्ती जहिलेपनी गहिरो र लामो स्वास लिने गर्दछ । यदि कसैलाइ कुनै शरिर तथा मनमा कुनै समस्या परेमा उसको स्वासले तुरून्त जानकारी दिन्छ । उसको स्वास छिटो र छोटो हुने गर्दछ । एउटा सुतिरहेको बच्चा एकछिन हेरैत उ शान्त र नन्दीत भएर सुतिरहेको हुन्छ उसले लिएको स्वासलाइ हेरै त उसको पेटको भाग उठिरहेको देख्न सक्दछौ एउट बच्चा जस्को कुनैपनी मस्तिष्कमा अनावश्यक कुराहरूको आगमन भएकै हुँदैन । जब जब हामी परिपक्क बन्दै जान्छौ हाम्रो मस्तिष्कको पनी सोच्ने र मनन गर्ने कार्य बढ्दै जान्छ । यसरी दिन प्रतिदिन हामी नयाँ नयाँ कुराहरूको आवश्यकता र इच्छाहरूको उदयले हामी झन झन चिन्तित र व्यग्र बन्दै गइरहन्छौ ।

यदि हामीले कुनैबेला रिस उठेको वा क्रोधले भरिएको बेला हाम्रो स्वास छातिबाट फेरिरहेका हुन्छौ साधै हाम्रो स्वास छोटो र छिटो भएको महशुस गर्दछौ । यदि यस्तो समयमा हामीले हाम्रो स्वासलाइ नियन्त्रणमा लिने हो भने हामी तुरून्तै शान्त र आनन्दीत महशुस गर्दछौ । जब हामी डराएको वा डरलाग्दो केहि कुराहरू सुनेउ भने हाम्रो पेटमा केहि असहज भएको जस्तो वा पेट पोलेजस्तो वा अन्य पेटमानै असर परेको हामीले थाहा पाउँदछ । पेटमा एउटा केन्द्र हुन्छ जुन नाभि (नाइटो) भन्दा एक इन्च तल जस्लाइ तान्देन (TANDEN) भनिन्छ । यो तान्देन जापानीज शव्द हो । जव हामी स्वास लिन्छ यदि हामिले लिएको स्वास तान्देन सम्म पुग्नेगरी लिएमा हामी ज्यादै आनन्दित महशुस गर्दछौ । यो भागसम्म योगीले स्वास लिने गर्दछन् । यदि यस भागमा स्वास लिदा स्वासले उक्त स्थान छोएमा शरिरकम एक प्रकारको उर्जा उत्पन्न हुन्छ र यस स्थान सम्म स्वास लिन लामो र गहिरो श्वास लिनु पर्ने हुन्छ । योगीक ब्रेथले यसै स्थान सम्म स्वास लिनको लागि मद्दत गर्दछ । जब श्वार तान्देन सम्म पुग्दछ तब श्वास लामो हुन्छ र व्यक्तीको अनुहारमा चमक, उत्साहित, आनन्दित बनाउँदछ र व्यक्ती को आयु पनी बृद्दी हुन्छ । व्यक्ती निरोगी बन्दछ ।

आज विश्वका जनसंख्यामा करिब १०.७ प्रतिशत अर्थात ७४२ मिलियन व्यक्तिहरूमा दिमागमा हुने समस्याबाट ग्रसित छन् । धैरै व्यक्तिहरू राती राम्रो संग निधाउन नसक्ने र छटपटी हुने साथै दिमागमा अनावश्यक कुराहरू खेल्ने र असान्त भएको पाइन्छ । डिप्रेसनका कारण धेरै व्यक्तीहरू आत्महत्या गर्ने र अरूको समेत हत्य गर्ने गरेको घटनाहरू दिन प्रतिदिन शुन्न र देख्ने गरेका छौ । यि सबै सम्स्या भने स्वासबाट मात्रै भएको भने पक्कै होइन । विविध कारणहरूले गर्दा यस्तो समस्या आउँन सक्छ तर यदि हामी केहि स्वास प्रस्वासका विधिहरू अपनाउन सकेमा यसले पनी केहि हद सम्म राम्रो गर्दछ ।

तरिका

योगिक ब्रेथका लागि हामी निम्न तरिकाहरू बाट गर्न सक्दछौ ।

सिधा भएर सुखासन, पद्मासन, वा अन्य सजिलो आसनमा बस्ने, ढाडलाइ शिधा राख्ने । द्रेब्रे हत्केलालाइ पेटमा राख्ने र दाहिने हत्केलालाइ छातिमा राख्न पनी सकिन्छ । पहिला लामो स्वास लिने र छोड्ने । अब, विस्तारै स्वास लिदै जाने जस्मा तिन सेकेण्ड स्वास पेटले र चार सेकेण्ड छातिले लिने यसरी सात सेकेण्ड स्वास भित्र जान्छ । अब फेरि स्वास छोड्दा चार सेकेण्ड छातिबाट छोड्ने र चार सेकेण्ड पेटले यसरी ८ सेकेण्डमा स्वास बाहिर छोड्ने । यसलाइ यसरी रेरियो बाट पनी गर्न सकिन्छ ।

Inhale 3sec belly 4 second chest mean 7 second inhale 8 second exhale.

यसरी यो क्रमलाइ कमसेसकम १० पटक वा आफ्नो क्षमता अनुसार थोरै थोरै गरी बढाउँदै जाने । प्राणायामको नियम भनेको कमसेकम ५ मिनेट सम्म गरेपछी यसले विस्तारै असर देखाउँदै जान्छ । यदि विचमा थाकेमा यसलाइ केहिबेर रोक्ने र पुन दोहोराउन पनी सकिन्छ ।

मुख्य कुरा भनेको जब हामी शरिरलाइ आङ तान्दा र हाइ गर्दछौ यस क्रममा शरिरले ज्यदै अक्सिजन लिदछ यसरी शरिरले जब जब आवश्यक पर्दछ शरिरले आफै अक्सिजन लिन र शरिरलाइ आराम गराउन यस्तो गराउँदछ । हाइ गरेपछी शरिर एकछिन लाइ ज्यादै आराम र उर्जावान हुन्छ । आङ तान्दा शरिरले फुर्तिलो महशुस गराउँदछ यसै गरी योग आसनले शरिरलाइ तन्काउँदछ भने प्राणायामले शरिरका अंगहरूमा अक्सिजनको प्रवाह गराउँदछ र हामी बेग्लै आनन्दको महशुस गर्दछौ ।

यस प्राणायामलाइ अझ प्रभावकारी बनाउने हो भने यसलाइ फरक तरिकाबाट पनी गर्न सकिन्छ तर यो भने माथी उल्लेखित 7:8 को धेरै पटक अभ्यास पछि मात्र गर्नु पर्दछ । यदि तपाइ योग शिक्षक हो भने यो गर्दा केहि फरक पर्दैन । यस विधिमा हामी स्वास लिएपछी लगभग १० सेकेण्ड सम्म रोक्छौ र छोडेपछी पनी १० सेकेण्ड रोक्न सक्दछौ । यसका लागी ३ सेकेण्ड पेटवाट श्वास लिने र ४ सेकेण्ड छातिले स्वास भर्ने अब १० सेकेण्ड स्वासलाइ रोक्ने अब स्वास छोड्दा पनी ४ सेकेण्ड छाति, ४ सेकेण्ड पेटले छोडेपछि १० सेकेण्डलाइ स्वास रोक्ने पुन स्वास भर्दै ३ सेकेण्ड, ४ सेकेण्ड र १० सेकेण्ड गरेर दोहोराउँदै जाने । यसरी यो प्राणायाम पनी ५ देखि १० मिनेट सम्म गर्न सकिन्छ ।

फाइदाहरू

योगीक ब्रेथको फाइदाहरू अन्य प्राणायाम भन्दा बढि रहेको छ । हुन त सबैजसो प्राणायामको छुट्टै फाइदाहरू हुन्छ । यस प्राणायामको फाइदाहरू ज्यादै रहेको छ । यो प्राणायामको नियमित अभ्यासले अनिद्रा, डिप्रेशन, इन्जाइटी, र अन्य दिमागमा भएका समस्याहरूमा फाइदा पुग्छ । व्यक्तीलाइ स्वस्थ र निरोगी बनाउँदछ । लोमो जिवन र शुखी र खुसी बनाउँदछ । अनुहारमा चमक ल्याउन मद्दत गर्दछ । शरिरमा अक्सीजन प्रवाह गराउन पद्दत गर्दछ । शरिरलाइ फुर्तिलो र जाँगरिलो बनाउँदछ । रिस तथा क्रोधलाइ शान्त पार्दछ । यस प्राणायामले दिमागको क्षमता बृद्दी गराइ एकाग्रतामा बढावा दिन्छ । उच्च रक्तचापका विमारीहरूलाइ समेत यो प्राणायाम ज्यादै उपयोगी हुन्छ भने । यस प्राणायामले फोक्सोको क्षमतामा बृद्दी गराउँदछ । दुर्वेसनीमा फसेकाहरूलाइ यस प्राणायामले फाइदा पुग्दछ ।

साबधानीहरेक कृयाकलापको आफ्नै नियम हुने गर्दछ । मिठोकुरा ज्यादै खाएमा त्यो पनी तितो हुन्छ भने झौ जुनसुकै प्राणायाम गर्दा केहि कुराहरूको ख्याल भने गर्नु पर्दछ । नियमित स्वास प्रश्वास भन्दा केहि भएपनी फरक भएकोले आफ्नो शरिरलाइ पहिला हेर्नु पर्दछ । यदि आफ्नो शरिरले ज्यादै वा अत्याधिक भएको महशुस गर्दछ हामीले जुनै शुकै कार्यलाइ रोक्नु पर्दछ । यस प्राणायाम गर्दा शुरू शुरूमा केहि असहज महशुस हुन सक्छ यदि यस्तो भएमा तुरून्छ रोक्नु पर्दछ । यदि तपाइहरूमा श्वास प्रश्वासको केहि समस्या छ भने धेरै लामो लिने र रोक्ने गर्नु हुँदैन । यदि ज्यादै उच्च दरको व्लड प्रेसर वा आस्थमा (स्वासको रोग) छ भने यो प्राणायाम गर्दा स्वास लिँदा ३ सेकेण्ड पेट, ३ सेकेण्ड छाती  र छोड्दा ३ सेकेण्ड छाती र ३ सेकेण्ड पेट गरी समान रेसियोबाट गर्न सकिन्छ वा आफ्नो डक्टरको सल्लाह लिनु पर्दछ । तर याद गर्नु पर्ने कुरा भने स्वासलाइ रोक्ने काम कदापी गर्नु हुँदैन ।